बझाङमा लगातार चार भूकम्प

Posted on: 03 Oct, 2023

असोज १६, बझाङ | बझाङमा मंगलबार चार भूकम्प गएको छ । बझाङ केन्द्रविन्दु भएर अपराहन्न ४: २८ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

यसअघि बझाङनै केन्द्रविन्दु भएर ३:४५ बजे ४.१ रेक्टर स्केलको,  ३: ०६  बजे ६.३ रेक्टर स्केलको र २: ४० बजे ५.३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यी भूकम्पका झट्का भारतको दिल्लीसम्म महसुस गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भूकम्पले बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ । बझाङको  दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभुत विद्यालयको भवन भत्केको खबर छ । मानविय क्षतिको अहिलेसम्म जानकारीमा आएको छैन तर लगातार भूकम्पका झट्का आइरहदा त्रास बढेको स्थानीयले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!