'रईस' अभिनेत्री माहिरा खानले गरिन् बिहे

Posted on: 03 Oct, 2023

असोज १६, काठमाडौँ | पाकिस्तानी अभिनेत्री माहिरा खानले बिहे गरेकी छन्। उनले व्यवसायी सलीम करीमसँग विवाह गरेकी हुन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले पाकिस्तानको बर्बनस्थित एक होटलमा विवाह गरेका हुन्। 


माहिराले सन् २००७ मा निर्माता तथा निर्देशक अली अस्करीसँग विवाह गरेकी थिइन्। सन् २००९ मा उनले छोरा अलजानलाई जन्म दिएकी थिइन्। सन् २०१५ मा माहिरा र अलीले सम्बन्ध विच्छेद गरे।

 उनले शाहरूख खानसँग बलिउड फिल्म 'रईस' मा समेत काम गरेकी थिइन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!