२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रामेश्वरमा बिद्ध्युतीय पुस्तकालय स्थापना

१९ आश्विन २०७३, बुधबार ०३:१२

असोज १९, चितवन | चितवन जिल्लाकै उत्कृष्ट पुस्तकालय मध्येमा पर्ने भरतपुरस्थित रामेश्वर पुस्तकालय तथा वाचनालयमा ई–लाइब्रेरी स्थापना भएको छ । 

नेपाल जर्नी अमेरिकाको रु तीन लाख २० हजारको आर्थिक तथा नेपाल पुस्तकालय फाउन्डेसनको प्राविधिक सहयोगमा यहाँ विद्युतीय पुस्तकालय स्थापना गरिएको हो । 

उक्त संस्थाको सहयोगमा १० वटा सुविधायुक्त कम्प्युटर राखेर ई–लाइब्रेरी सञ्चालन गरिएको पुस्तकालयका सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि सञ्चालनमा आएको विद्युतीय पुस्तकालयको गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का अध्यक्ष शेष घलेले उद्घाटन गर्नुभयो । उहाँले पुस्तकालयका लागि रु दुई लाख आर्थिक सहयोग पनि गर्नुभएको छ । 

उद्घाटनपछि सङ्क्षिप्त मन्तव्य दिनुहुँदै घलेले सामूहिकताले मात्रै समाजको विकास हुने भएकाले एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

पुस्तकालयका अध्यक्ष राजेन्द्र वाग्लेले रामेश्वर पुस्तकालयलाई नमुनाका रुपमा विकास गर्ने प्रयास जारी रहेको जानकारी दिनुभयो । विसं २०५५ सालमा स्थापना भएको उक्त पुस्तकालयमा धर्म, दर्शन, सामान्य ज्ञान, सामाजिक विज्ञान, भाषा, शुद्धविज्ञान प्रविधि कला, साहित्य, इतिहास तथा भूगोलसम्बन्धी सयाँै पुस्तक राखिएका छन् । 

यो पुस्तकालय सञ्चालनका लागि आर्थिक जोहो गर्न यहाँ २०६८ सालमा महायज्ञसमेत गरिएको थियो । चितवनका स्कुलमा विद्युतीय पुस्तकालयका लागि नेपाल सरकारले नै अनुदान दिँदै आएको भएपनि आर्थिक अभावका कारण बाह्य पुस्तकालय धेरैजसोमा ई–लाइब्रेरी बनाउन सकिएको छैन । स्कुलमा धेरै पुस्तकालयमा भने ई–लाइब्रेरी सञ्चालन भएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यको भनाइ छ । 

रत्ननगरको रोटरी लाइब्रेरी, झुवानी सामुदायिक पुस्तकालय, दोभान पुस्तकालय, माडीको गर्दीलगायत केही पुस्तकालयले नमुना काम गरिरहेका भएपनि केही पुस्तकालयको अवस्था भने नाजुक छ । भरतपुर लङ्कुको ज्ञानज्योति पुस्तकालयलाई हार्डवेयर गोदाम बनाएर राखिएको पाइएकाले यहाँका कतिपय पुस्तकालयको अवस्था जीर्ण भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान