असोज १९, धुन्चे (रसुवा) | पासाङ ल्हामु राजमार्गअन्तर्गत राम्चेखण्डको भीरमा एउटा मालवाहक कन्टेनर ट्रक बिग्रिएपछि यातायात ठप्प भएको छ ।

सडक खुलाउनका लागि नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, धुन्चे (रसुवा) | पासाङ ल्हामु राजमार्गअन्तर्गत राम्चेखण्डको भीरमा एउटा मालवाहक कन्टेनर ट्रक बिग्रिएपछि यातायात ठप्प भएको छ ।

सडक खुलाउनका लागि नेप"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पासाङ ल्हामु राजमार्ग अवरुद्ध

१९ आश्विन २०७३, बुधबार ०३:२४

असोज १९, धुन्चे (रसुवा) | पासाङ ल्हामु राजमार्गअन्तर्गत राम्चेखण्डको भीरमा एउटा मालवाहक कन्टेनर ट्रक बिग्रिएपछि यातायात ठप्प भएको छ ।

सडक खुलाउनका लागि नेपाल प्रहरी, जिल्ला ट्राफिक प्रहरीलगायत सुरक्षा निकाय प्रयासरत छन् । पासाङ ल्हामु राजमार्गको अवरोध हटाउन बसेको डोजर अपरेटर नहुँदा गएरातिदेखि अवरुद्ध सडक खुल्न सकेको छैन । रसुवा प्रहरी, कालिकाथान चौकीका प्रहरी इन्चार्जसहित प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी रसुवाले जनाएको छ । 

केरुङको सामान ढुवानी रातिमात्र 

यसैबीच, उत्तरी नाका रसुवागढीबाट रातको समयमा मात्र मालवाहक सवारीसाधन केरुङ जान पाउने भएका छन् । 

रसुवागढी मितेरी पुलदेखि चिनियाँ भूभागको केरुङसम्म बिग्रेका सडक मर्मत एवम् पुनःनिर्माणको कार्य भइरहेका कारण सडक सुधार कार्य सहज बनाउन दिनको समयमा काम गराउने तथा रातको समयमा व्यावसायिक सामान बोक्ने ट्रक कन्टेनर छोडिने व्यवस्था मिलाइएको जानकारी चिनियाँ पक्षबाट आएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताउनुभयो । 

दसैँयता अब मालसामग्री लिने ट्रक कन्टेनर केरुङ जाँदै गरेका सबै मालवाहक सवारीसाधन लगभग तीनसय ५० वटा नेपाल फर्किसकेका छन् । करिब एक सय ५० ट्रक कन्टेनर जाँचपास भई आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र अन्य सवारीसाधनमा ल्याएका सामग्रीको परीक्षण कार्य लामबद्ध रुपमा भइरहेको बताइएको छ । 

चीनबाट आयात भएका सामग्रीमा तामाकोसी, मध्यभोटेकोसीलगायत जलविद्युत् आयोजनाका उपकरण, स्याउ, इलेक्ट्रिक सामान, कम्प्युटर पार्ट, तयारी पोसाक, रोलकपडा, जुत्ता, चप्पल, बच्चाका खेलौना, मोटरका पार्टपुर्जालगायत सामग्री भएको प्रमुख भन्सार अधिकृत पनेरुले जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ