कीर्तिमानी दिपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

Posted on: 05 Oct, 2023

असोज १८, काठमाडौँ | टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

उनी सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध थिए र प्रहरी जवानको पोष्टमा थिए ।


कीर्तिमान प्रशंसास्वरुप उनको बढुवा गरेको नेपाल प्रहरीले जनाएको छ ।

उनले मंगोलियासँगको खेलमा ९ बलमा अर्धशतक बनाउँदै विश्व रेकर्ड बनाएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!