गोली लागेर घाइते भएकी असई चौधरीकी पत्नीको मृत्यु

Posted on: 06 Oct, 2023

असोज १९, काठमाडौँ | काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते भएकी असई लक्ष्मण चौधरीकी पत्नी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।

असई धरीकी पत्नी शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताएका छन् । 

१० असोजमा उनी गोली लागेको अवस्थामा भेटिएकी थिइन् । महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । 

शर्मिला चौधरीले आफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट थाहा भएको छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो । लक्ष्मण चौधरी पूर्व आईजीपी ध्रुव बहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) हुन् । 

यसबारे थप अनुसन्धान प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!