काठमाडौँमा सैनिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Posted on: 06 Oct, 2023

असोज १९, काठमाडौँ | काठमाडौँको भद्रकालीमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको ज्यान गएको छ ।

बिहीबार साँझ साढे ७ बजे भद्रकाली नजिक सभागृह मोडमा आर्मीका चालक हुद्धा महोमद नुरेन देवानले चलाएको प्र ३-०१-००१ ग ३६०५ नम्बरको ७.५ ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।

ठक्करबाट काठमाडौं चाहाचल बस्ने ३२ वर्षकी चालक आकृति शर्माको मृत्यु भएको हो ।

बाप्र-०२-०१८ प ९२७७ नम्बरको स्कुटर ट्रकसँग ठोक्किँदा घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे चिकित्सके मृत घोषणा गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!