त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू

Posted on: 06 Oct, 2023

असोज १९, काठमाडौँ | त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शंकास्पद देखिने सामानको सूचीसहित नल्याउन र नपठाउन अनुरोध गरेको छ । कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा शंकास्पद देखिने सामान नल्याउन र नल्याउन भनेको हो ।

भन्सारले इमर्जेन्सी लाइट, पानी तान्ने पम्प, पावरबैंक, हेयर ड्रायर र मिक्स्चर विदेशबाट नल्याउन भनेको हो । यी सामान एक्स-रे मेसिनमा हेर्दा शंकास्पद देखिने गरेको कार्यालयले जनाएकव छ । जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपरेको भन्दै सेवाग्राहीलाई क्षति हुने भनी कार्यालयले सूचनामा जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!