इजरायली राजदूतसँग परराष्ट्रमन्त्री साउदले राखे नेपालीको सुरक्षाबारे चासो

Posted on: 08 Oct, 2023

असोज २१, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् ।

दुईजनाबीच आइतबार परराष्ट्रमन्त्रालयमा छलफल भएको हो । मन्त्री साउदले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणबारे कुराकानी गरेका छन् ।


सोक्रममा साउनले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे चासो राखेका थिए । जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ ।

इजरायलको कठिन समयमा नेपालले देखाएको सहानुभूतिप्रति राजदूतले नेपाल सरकारलाई धन्यवाद दिएको परराष्ट्रले जनाएको छ ।

साथै इजरायलमा हमासको आक्रमण र त्यहाँ रहेका नेपालीको अवस्थाबारे मन्त्री साउदले आज संसदमा सम्बोधन गर्दै छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!