निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी

Posted on: 08 Oct, 2023

असोज २१, काठमाडौँ | आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । यो घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् ।


प्रसाद-२ का निर्माता सुदर्शन बस्नेतले उनिहरुविरुद्ध जाहेरी दिएका हुन् । यसअघि थापाको जाहेरीमा नायक अनमोल केसी पक्राउ परेका थिए । प्रहरीले दुई दिन हिरासतमा राखेर उनलाई हाजिरी जमानीमा छाडेको थियो ।

जाहेरीअनुसार प्रसाद-२ का निर्माताले आफ्नो अनुमती र मन्जुरी बिना नै अग्रवाल, थापा र श्रेष्ठ श्रेष्ठ श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रशारण गरी आफुलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्याएको दावी गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!