स्वदेश फर्कने नेपालीलाई प्रलोभन देखाई सामान पठाउन थाले : त्रिवि भन्सार

Posted on: 08 Oct, 2023

असोज २१, काठमाडौँ | विदेशमा रहेका नेपालीलाई प्रलोभन देखाएर विदेशबाट नेपाल सामान पठाउने गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसरी सामान पठाउने गरेको सूचना पाएको बताएको छ ।

विमानस्थल कार्यालयले केहि व्यक्ति तथा समूहले प्रलोभन देखाई विभिन्न मालसामान नेपाल पुर्‍याइदिने जस्ता सूचना आइरहेको बताएको हो ।

स्वदेश फर्कने नेपालीलाई विदेशका विमानस्थलमा केही व्यक्ति तथा समूहले विभिन्न प्रलोभन देखाई विभिन्न मालसामान (ल्यापटप, मोबाइल, सुन, घडी आदी) त्रिभुवन विमानस्थलसम्म पुर्‍याइदिनु भन्ने गरेका छन् ।

भन्सार कार्यालयले भने कुनै पनि व्यक्तिको प्रलोभनमा परि आफ्नो समान बाहेक अरूको सामान नल्याउन आग्रह गरेको छ । साथै, नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउन समेत अनुरोध गरेको हो ।

विदेशबाट फर्किदा यात्रुले ल्याउन पाउने सामान तथा सुविधा बारेमा नेपाल सरकार अर्थ मन्त्रालयले जारी गरेको सूचना र भन्सार विभागको वेबसाइट र त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वेबसाइटमा गएर हेर्न सकिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!