२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वदेश फर्कने नेपालीलाई प्रलोभन देखाई सामान पठाउन थाले : त्रिवि भन्सार

२१ आश्विन २०८०, आईतवार ०९:२८

असोज २१, काठमाडौँ | विदेशमा रहेका नेपालीलाई प्रलोभन देखाएर विदेशबाट नेपाल सामान पठाउने गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसरी सामान पठाउने गरेको सूचना पाएको बताएको छ ।

विमानस्थल कार्यालयले केहि व्यक्ति तथा समूहले प्रलोभन देखाई विभिन्न मालसामान नेपाल पुर्‍याइदिने जस्ता सूचना आइरहेको बताएको हो ।

स्वदेश फर्कने नेपालीलाई विदेशका विमानस्थलमा केही व्यक्ति तथा समूहले विभिन्न प्रलोभन देखाई विभिन्न मालसामान (ल्यापटप, मोबाइल, सुन, घडी आदी) त्रिभुवन विमानस्थलसम्म पुर्‍याइदिनु भन्ने गरेका छन् ।

भन्सार कार्यालयले भने कुनै पनि व्यक्तिको प्रलोभनमा परि आफ्नो समान बाहेक अरूको सामान नल्याउन आग्रह गरेको छ । साथै, नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउन समेत अनुरोध गरेको हो ।

विदेशबाट फर्किदा यात्रुले ल्याउन पाउने सामान तथा सुविधा बारेमा नेपाल सरकार अर्थ मन्त्रालयले जारी गरेको सूचना र भन्सार विभागको वेबसाइट र त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वेबसाइटमा गएर हेर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा