दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ सुरु

Posted on: 09 Oct, 2023

असोज २२, काठमाडौं | दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको बताए । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो। सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य सिटौला बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!