चीनको शिसापाङ हिमालमा हिमपहिरो, एक जना नेपालीको मृत्यु

Posted on: 09 Oct, 2023

असोज २२, काठमाडौँ | चीनको तिब्बतमा रहेको शिसापाङ हिमालमा गएको हिम पहिरोमा परेमा एक नेपालीको मृत्यु भएको छ । एक जना हराइरहेका छन् भने तीन जना घाइते भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार २० असोजमा गएको हिम पहिरोमा परेर आरोही गाइड मिङमार शेर्पा, तेन्जेन शेर्पा, अमेरिकी नागरिकद्वय अना गुटु र जिना मारिया बेपत्ता भएका थिए ।

बेपत्ता भएकामध्ये मिङमार र अनाको शव भेटिएको छ भने दुई जना अझैसम्म बेपत्ता छन् ।

हिम पहिरोमा परेर कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ, र कामिरी शेर्पा गम्भीर घाइते भएका छन् ।

हराएकाहरको खोज तथा घाइतेको उद्धारका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!