२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घाइते भएका प्रवीण ‘खतरामुक्त’, इजरायलबाटै फोन गरेर बुवालाई भने– अब चिन्ता नगर्नुस्

२०८०, २२ आश्विन सोमबार ०९:१६

असोज २२, काठमाडौँ | इजरायलमा प्यालेस्टाइनी हमास समूह​काे आक्रमणमा परी घाइते भएका दाङको दंगिशरण गाउँपालिका–३, हेकुलीका प्रवीण डाँगीले अब आफ्नो बारेमा चिन्ता नलिन परिवारलाई आग्रह गरेका छन् । हमासले इजरायलमा आक्रमण गरेसँगै प्रवीण शनिवार बिहान ११ बजेदेखि सम्पर्कबिहीन भएका थिए ।

आइतवार दिउँसो इजरायलस्थित अस्पतालको शैय्याबाट नर्सको मोबाइलमार्फत उनले परिवारलाई सम्पर्क गरेको बुवा निमबहादुर डाँगीले बताए । इजरायलमा आक्रमण भएको र त्यसमा नेपाली पनि परेको खबर सुनेपछि डाँडीको परिवार बेचैन थियो । प्रवीण खतरामुक्त रहेको बताइएको छ ।

बुवा निमबहादुरका अनुसार प्रवीणलाई गोली लागेको छ । उनका दुवै खुट्टामा गोली लागेकाे छ । जसमध्ये एउटाको शल्यक्रिया भइसकेको छ । 


‘आइतवार राति ८ बजेतिर पुनः छोरा प्रवीणसँग कुरा भएको थियो,’ बुवा निमबहादुरले भने, ‘फोनमा कुराकानीमा क्रममा उसले खुट्टाको शल्यक्रिया गरिएपछि एउटा अस्पतालबाट अर्कोमा सारेको बतायो ।’

सोमवार बिहान पनि प्रवीणले साथीको फोनबाट भिडियो कल गरेको उनले जानकारी दिए ।  

प्रवीण परिवारका कान्छा छोरा हुन । सुदूरपश्चिम विश्वविद्यालयको पहिलो कृषि विज्ञ (सेलेक्टिभ) टोलीमार्फत ११ महिनाका लागि उनी इजरायल गएका थिए ।  बीएस्सी एजी पढेर गत भदौ २३ गते प्रवीण इजरायल गए । उच्च शिक्षा हासिल गरेर नेपाल आएर केही गर्ने सोच बनाएको छोरा आउनुअघि नै विदेशमा आक्रमणको शिकार हुँदा आफूहरू ठूलो पीडामा रहेको परिवारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल