२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्रीको सचिवालयले भन्यो- इजरायली पक्षसँग कुरा गरेर नेपालीहरुलाई सुरक्षित स्थानमा लगिँदैछ

२०८०, २२ आश्विन सोमबार ०९:४५

असोज २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि त्यहाँको अवस्था बुझ्न निर्देशन दिएका छन् । घाइतेको उपचार, हराएकाको खोजी, घटनामा परि निधन हुनु भएकाहरुको शवको पहिचान र नेपाल ल्याउन पहल गर्न निर्देशन दिएका हुन् ।

घटनास्थलका बंकरहरुमा भएका नेपाली नागरिक (विद्यार्थी समेत) हरुको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रधानमन्त्रीले निर्देशन गरेको प्रधानमन्त्रीको स्वकिय सचिव रमेश मल्लले बताए । उनीहरुलाई नेपाल ल्याउने व्यवस्था गर्ने विषयमा रातदिन अवस्थाको जानकारी लिने भनेका छन् ।

इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा र्यापिड एक्सन टोली गठन गरेको बताए ।

उनले भने, ‘इजरायली पक्षसँग कुरा गरि आज नै युद्ध क्षेत्रका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिँदैछ । हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बंकरको विद्यार्थीलाई निकाल्न केही ढिलाई भएको हो ।’

उनले आफू पनि बङ्करमा भएका सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको तर्फबाट उद्धारको लागि सबै पक्षसँग काम गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल