२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतमा बस दुर्घटना हुँदा २० जना नेपाली तिर्थालु घाइते

२०८०, २२ आश्विन सोमबार १०:५६

असोज २२, काठमाडौँ | ओडिसाको बालासोर जिल्लामा नेपाली तिर्थालु सवार बस आइतबार एउटा ट्रकसँग ठोक्किँदा कम्तीमा २० जना घाइते भएका छन् । दुर्घटनामा उत्तर प्रदेशका बस चालक पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका हुन् ।

६१ जना यात्रु सवार बस राष्ट्रिय राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किन पुगेको सोरो प्रहरी कार्यालयले जानकारी दिएको छ । यात्रुवाहक बस कोलकाताबाट पुरी जाँदै गरेको थियो ।

बालासोरका सादर सब–डिभिजनल प्रहरी अफिसर शशांक शेखर बेउराका अनुसार ढाबामा रोकिराखेको ट्रकमा उक्त बस बिहान करिब ५ बजे ठोक्किएको थियो । घाइते सबैलाई सोरो अस्पताल लगिएको थियो । सबै नेपाली तिथार्लु उपचारपछि डिस्चार्ज भइसकेको बेउराले बताए ।

घटनामा बस ड्राइभरको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनलाई जिल्ला अस्पतालमा रेफर गरिएको छ ।

प्रहरीले तिर्थालुका लागि खानाको व्यवस्था गरेर उनीहरूलाई आफ्नो गन्तव्यतर्फ पठाएको छ । बसमा सवार रहेका कमलेश कुमार मिश्राका अनुसार तिर्थालुहरु जगन्नाथको दर्शनका लागि जाँदै थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल