इजरायलमा सुरक्षित् छिन् सावित्रा भण्डारी

Posted on: 09 Oct, 2023

असोज २२, काठमाडौँ | व्यावसायिक फुटबल खेल्न इजरायल गएकी सावित्रा भण्डारी साम्बाले आफू सुरक्षित रहेको बताएकी छिन् ।

उनी शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानानाबाट फुटलबल खेल्न इजरालय गएकी थिइन् । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।


इजरायलबाट सम्पर्कमा आएकी उनले आफू अहिले तेलअविवमा रहेका र त्यहाँ कुनै खतरा नरहेको बताइन् । अखिल नेपाल फुटबल संघ एन्फाले भने सावित्रा संकटमा रहेको भए राजदूताबासको सहयोगमा नेपाल झिकाउने बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!