२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलमै बिलायो डोटीका पदम र राजनको स्वदेशमै सेवा गर्ने सपना

२०८०, २२ आश्विन सोमबार ११:४३

असोज २२, काठमाडौँ | शिखर नगरपालिका-६ चुँडीका युवा राजन फुलारा (राम) ले केही समयअघि इजरायलबाट हसिलो अनुहारसहितको फोटो पोष्ट गर्दै फेसवुकमा लेखेका थिए- ‘भविष्य कल्पना हो, अतीत कथा हो, वर्तमान कर्म हो । कर्मले कथा र कल्पना दुवै बदल्छ ।’ कर्ममा विश्वास गर्ने उनीबाट परिवारको पनि धेरै आश थियो । तर, परिस्थितिले न त रामको कर्म गर्ने चाहना पूरा गर्न दियो, न परिवारको आशा पूरा भयो ।


सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टीकापुर कृषि क्याम्पसमा स्नातक तहको आठौं सेमेष्टरमा अध्ययन गरिरहेका राजन एक महिनाअघि मात्रै इजरायल उडेका थिए । ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत उनीसहित ५० जना विद्यार्थी इजरायल जाने तयारी थियो । आफन्त बिरामी भएका कारण एकजना जान सकेनन्, बाँकी ४९ जना भने भदौ २६ गते गए ।

इजरायलमा सिकेको सीप नेपालमै आएर प्रयोग गर्ने उनको चाहना थियो ।

‘यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो, नेपाल आएर लोकसेवाकै तयारी गर्छु’, एक साताअघि उनले आफूसँग भिडिओ कुराकानी गरेको काका डा. राजेन्द्र फुलारा बताउँछन् ।

‘मोवाइलको क्यामेरा फर्काउँदै प्यालेष्टाइनको गाजा क्षेत्रको दृष्य देखाउँदै त्यही हो अंकल गाजा, यहाँ जतिबेला पनि आक्रमण हुन सक्छ, हामीलाई हमला हुनेबित्तिकै बंकरमा बस्न पनि सिकाइएको छ भन्दै थियो, रामसँगको कुराकानी सम्झिँदै राजेन्द्र भन्छन्, ‘उसको नेपालमा आएर लोकसेवा लड्ने सपना इजरायलमै बिलायो ।’

घनश्यामका एक्ला छोरा थिए राजन

उमेरले ६० छुन लागेका घनश्याम फुलारा पुत्र वियोगमा टोलाइरहेका छन् । ‘मैले बाँचेर पो के गर्नु छ र भन्दै हुनुहुन्छ, टोलाउँदै हुनुहुन्छ । पूरै गाउँ रोइरहेको छ’, छिमेकी यादव फुलारा सुनाउँछन् ।

बुढेसकालको सहारा एक्लो छोराको निधनले विक्षिप्त बनेका छन् घनश्याम दम्पती । जीवनभर भारी बोकेर, ढुंगागिट्टी फोरेर दुई छोरी र एक छोरा हुर्काएका/ पढाएका घनश्यामले छोरीहरूको विवाह गरिसकेका छन् । रामकी आमा र ८० वर्षीया हजुरआमा खबर सुनेदेखि छटपटाइरहेका छन् ।

सोमबार प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरलगायत राजनको घर पुगेका थिए ।

टीकाको परिवारमा पनि उस्तै पीडा

राजनका परिवारको जस्तै पीडामा छ आदर्श गाउँपालिका-५ पीडका टीका थापाको परिवार पनि । रामसँगै टीकापुर क्याम्पसमा अध्ययन गर्ने टीका थापाका २४ वर्षीय छोरा पदम पनि ११ महिनामै घर फर्किने गरी भदौ २६ मा इजरायल उडेका थिए । तर, उनी पनि उतै बिलाए ।

टीकाका तीन भाइ छोरामध्ये कान्छा पदम कृषि विज्ञानमा स्नातक तहको अध्ययन गर्दै थिए । अनुशासित र लगनशील विद्यार्थीको सूचीमा गनिने पदमा सधैँ नयाँ सिक्ने हुटहुटी रहेको सुनाउँछन् साथीसंगी । तर, छोरो ठूलो मान्छे बन्ला, आफ्नो बुढेसकालको सहारा बन्ला भन्ने सपना देखिरहेका बुबाआमालाई पदमको मृत्युले मुर्छित् बनाएको छ ।

‘परिवारमा सम्हाल्नै नसक्ने पीडा छ, सबै छट्पटिनेमात्रै छन् । न आफू संयम हुन सकिन्छ, न अरुलाई सम्झाउन सकिन्छ’, पदमकी काकी देवकी बोहरा भन्छिन् ।

प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा राम र पदमसहित १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । मृत्यु हुनेमा ७ जना सुदूरपश्चिमका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल