१० नेपालीको निधनमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

Posted on: 10 Oct, 2023

असोज २३, काठमाडौँ | इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदैछ ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो ।

आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले देशभर बिदा दिएको नभई राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!