२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पतालबाटै नवजात शिशु बेच्ने डाक्टर र बुवासहित ६ जनाविरुद्ध मुद्दा, आजदेखि बहस

२०८०, २३ आश्विन मंगलवार ०६:१९

असोज २३, विराटनगर | अविवाहित युवतीले जन्माएको शिशु बेचेको घटनामा संलग्नविरुद्ध दायर मुद्दामाथि आजबाट बहस सुरू भएको छ । विराटनगरमा रहेको ग्रीनक्रस अस्पतालमा कार्यरत चिकित्सक, बच्चाका बाबुसहित ६ जनाविरुद्ध शिशु बेचेको अभियोगमा अपहरण तथा व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसूरमा जिल्ला अदालत मोरङमा सोमबार मुद्दा दायर भएको छ ।

प्रहरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिरहा घर भई विराटनगर-११ जनपथ टोल बस्ने ४० बर्सिया नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवागढी गाउँपालिका-४ का २७ वर्षीय गोविन्द राई, मोरङको इटहरी गाउँपालिका-२ आदर्श टोलकी ३३ बर्सिया सुधा भनिने सुक्री राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई प्रतिवादी बनाएको छ ।


घटनाको अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पार्दै ६ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ । प्रहरीले गत शुक्रवार वकिल कार्यालयमा मिसिल बुझाएको थियो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार इजलासमा प्रतिवादीहरूको बयान मंगलबारबाट सुरू भएको छ । उनीहरूको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने छ ।

बहस सकिएपछि प्रतिवादीहरूलाई साधारण तारेखमा वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश इजलासबाट आउने सुवेदीले बताए ।

नवजात शिशुका बुवा गोविन्द राईसमेतको मिलेमतोमा शिशु बेचिएपछि प्रहरीले मोरङको इटहरी गाउँपालिका-२ बाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो । अविवाहित युवतीले गत असार १४ गते जन्माएको शिशु (छोरी) लाई जन्मनसाथ अस्पतालबाटै गायब पारिएको थियो ।

प्रहरीको अनुसन्धानबाट डा. तपेश्वरले बच्चा दिलमनीदेवीको परिवारलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ ।

अविवाहित २६ वर्षीया युवतीले ‘नर्मल डेलिभरी’ मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते छोरी जन्माएकी थिइन् । प्रेमी गोविन्दसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।

युवतीले साउन ३२ गते मोरङ प्रहरीमा बच्चा हराएको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

मुद्दामा प्रतिवादी बनाइएका गोविन्द शिशुका बाबु हुन् । बच्चाकी आमा (अविवाहित युवती) लाई थाहै नदिइकन उनका प्रेमी अर्थात् बच्चाका बाबु (गोविन्द), चिकित्सक (डा. तपेश्वर) र अस्पतालमा काम गर्ने कर्मचारीसमेतको मिलेमतोमा दिलमनीदेवीको परिवारलाई बच्चा बिक्री गरिएको पत्ता लागेको छ ।

डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्व मेसु) थिए । उनको विराटनगर-९ मा दिपेश मेडिकल हल छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल