विश्वकपमा इंल्याण्डका मालनको शतक

Posted on: 10 Oct, 2023

असोज २३, काठमाडौँ | विश्वकप क्रिकेटमा इंल्याण्डका डेविड मालनले बंगलादेशविरुद्ध शतक बनाएका छन् ।

धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंल्याण्डका ओपनर मालनले ९१ बलमा शतक पूरा गरेका हुन् । जोनी बेयरस्टोसँग मिलेर इंल्याण्डलाई राम्रो सुरुवात दिलाएका उनले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए ।


बेयरस्टो ५२ रनमा आउट भएपछि तेस्रो नम्बरमा आएका जोए रुटले मालनलाई साथ दिए ।

मालन १४० रनमा मेहन्दी असनको बलमा बोल्ड भए । त्यसक्रममा १०७ बल खेलेका उनले १६ चौका र ५ छक्का हाने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!