त्रिभुवन विमानस्थलबाट ५ सय १० ग्राम सुनसहित एक जना पक्राउ

Posted on: 10 Oct, 2023

असोज २३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार मलेसियन एयरलाइन्समार्फत सोमवार काठमाडौं आएका धामीले टीभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

उक्त विषयमा आवश्यक अनुसन्धान शुरू भएको डा पाण्डेले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!