२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

११ दिनदेखि बेपत्ता श्रीमती खोजीका लागि मलेसियाबाट गुहार माग्दै तिलबहादुर

२०८०, २३ आश्विन मंगलवार ०९:०६

असोज २३, उदयपुर | उदयपुरको कटारी नगरपालिका–२ खोक्सा घर भएकी ३९ वर्षीया धनकुमारी बुढाथोकी ११ दिनदेखि सम्पर्कविहीन छन्। घरबाट सिरहाको मिर्चैया जान भनेर हिँडेकी धनकुमारी अहिलेसम्म घर नफर्केको उनका आफन्तले बताएका छन्।

उनका जेठाजु (दाइ) कृष्ण बुढाथोकीका अनुसार धनकुमारी यही असोज १२ गते शुक्रबार बिहान पौने १० बजेतिर घरबाट मिर्चैया जान भनेर हिँडेकी थिइन्। 

धनकुमारीका श्रीमान् तिलबहादुर बुढाथोकी ६ महिनायता वैदेशिक रोजगारीका लागि मलेसियामा छन्। ड्युटीबाट फर्किएर खाना पकाउँदै गर्दा श्रीमतीलाई अन्तिमपटक फोन गरेको लिलबहादुरले जानकारी दिए। 


हराएकी धनकुमारीको माइती पक्ष, नातागोता, इष्टमित्र सबैतिर खोजी गरे पनि पत्ता नलागेको उनका श्रीमान्‌को भनाइ छ। 

‘आफू विदेशमा छु। ११ दिनदेखि श्रीमती बेपत्ता छिन्, कसलाई भन्नु? प्रहरी कार्यालयमा समेत दाजुले जाहेरी दिनुभएको छ। तरपनि अहिलेसम्म केही पत्तो लागेन,’ धनकुमारीका श्रीमान्‌ले टेलिफोनमा दुखेसो पोखे।

परिवारले जाहेरी दिएपछि बेपत्ता महिलाबारे खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी सुवास राईले जानकारी दिए।

दुई सन्तानकी आमा सम्पर्कविहीन भएपछि घरमा बालबच्चाको समेत बिचल्ली छ। रोजगारीका लागि मलेसिया पुगेको ६ महिनामै श्रीमती बेपत्ता हुँदा साना छोराछोरी मात्र रहेको घर लथालिंग बनेको भन्दै खिलबहादुरले धनकुमारीको खोजी गरिदिन सबैसँग आग्रह गरेका छन्। 

कहिँ कतै फेला परे नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८१८४८०३७७ र  ९८६४००२२४८ मा सम्पर्क गरिदिन श्रीमान्‌ तिलबहादुरले अनुरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल