२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डाक्टर आक्रमणमा १५ पटकसम्म प्रहरी हिरासतमा पुगेका व्यक्ति, भाडामा प्रयोग भएको आशंका!

२०८०, २३ आश्विन मंगलवार ०९:२५

असोज २३, पोखरा | पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि भएको आक्रमण र तोडफोडमा संलग्नको आरोपमा पक्राउ परेकाहरु यसअघि नै विभिन्न आपराधिक घटनामा जोडिएर १५ पटकसम्म प्रहरी हिरासतमा पुगेका व्यक्ति रहेको खुलेको छ।

डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोडमा उत्रिएका ९ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सो क्रममा पक्राउ परेका अधिकांश व्यक्तिहरु पटक–पटक विभिन्न कसुरमा पक्राउ परेर मुद्दा चलेकाहरु रहेको खुलेको हो। कतिसम्म भने १ जना व्यक्तिविरुद्ध १५ पटकसम्म मुद्दा चलेको खुलेको छ। 

असोज ८ गते उपचारको क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–६ घर भएकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड भएको थियो। 


आक्रमण र तोडफोडमा उत्रिएकाहरुमध्ये विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ९ जनालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ। 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ का सञ्जय पीडित भनिने सुजित मुल्मी, पोखरा महानगरपालिका–५ मालेपाटनका अभिनाश गुरुङ, पोखरा महानगरपालिका–५ प्रस्याङका अरुण गुरुङ, पोखरा–९ नयाँबजारका नितेश गुरुङ, पोखरा–११ फूलबारीका प्रदीप गुरुङ, पोखरा–१७ हुनमान टोलका छावा भनिने सुशील कार्की, पोखरा–५ मालेपाटनका विनय गुरुङ, मनिष थापा र विजय गुरुङ छन्। 

उनीहरुमध्ये मनिष र विजयबाहेक सबैको आपराधिक पृष्ठभूमि देखिएको छ। प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा नाम उल्लेख गरिएका ७ जनाको आपराधिक पृष्ठभूमि देखिएको हो। सुजित मुल्मी यसअघि १५ पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति भएका खुलेको छ।

विभिन्न केसमा १५ पटकसम्म पक्राउ परेका व्यक्ति नै पुनः डाक्टरमाथि आक्रमण र तोडफोडमा उत्रिनुले उनीहरुलाई कसैले भाडामा प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ। त्यसमाथि उनीहरु मृतक दुराको कुनै आफन्त समेत नरहेका प्रहरी अनुसन्धानबाट खुलेको छ। आपराधिक पृष्ठभूमि र दुराको परिवारसँग कुनै सम्बन्ध नभएका व्यक्ति आक्रमणमा उत्रिनुले शंका गर्ने ठाउँ रहेको भन्दै कास्की प्रहरीले यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल