२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन्धारामा युवती मृत्यु: पैसा लिएर आउँछु भन्दै बाहिर निस्किएका प्रेमी होटल पुग्दा ढोका नखुलेपछि…

२०८०, २३ आश्विन मंगलवार ०९:४६

असोज २३, काठमाडौँ | काठमाडौं महानगरपालिका–११, सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा १५ दिनदेखि दुई जना बसिरहेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार, १७ वर्षीया भूमिका राउत र उनका प्रेमी होटलमा बसिरहेकामा तीन दिनअघि उनीहरुसँग भएको पैसा सकियो । पैसा लिएर आउँछु भन्दै प्रेमीबाहिर निस्किए ।

पैसा लिएर सोमबार बिहान प्रेमिका बसेको होटलमा पुग्दा उनले ढोका खोलिनन् । ‘धेरै पटक ढक्ढक्याउँदा पनि नखुलेपछि स्टाफ समेत बोलाएर भ्यान्टिलेसनबाट हेरेछन्’, प्रहरी वृत्त, जनसेवाका एक अधिकृत भन्छन्, ‘त्यसपछि शंका लागेर प्रहरीलाई खबर गरे ।’

लगत्तै प्रहरी वृत्त, जनसेवाको टोली पुगेर ढोका फोड्यो । त्यसक्रममा भूमिका मृत अवस्थामा भेटिइन् । नजिकै विषको बट्टा पनि बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेल बताउँछन् ।

मंगलबार राउतको परिवारले प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको छ । लगत्तै प्रहरीले प्रेमीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । काठमाडौं प्रहरीका अनुसार, उनलाई हिरासतमा राख्न अनुमति लिन अदालतमा पुर्‍याइएको छ ।

‘अब यो प्रकरणमा विस्तृत अनुसन्धान सुरु हुन्छ’, प्रहरी अधिकृतहरु भन्छन् । घटनास्थलमा सुसाइड नोट वा अरु कुनै संकेत फेला परेको छैन । प्रहरीका अनुसार, युवतीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ भने युवतीको भिसेरा जाँच पनि गर्ने तयारी छ ।

भिसेरा जाँचबाट युवतीले मृत्यु हुनुअघि के के खाएकी थिइन् भन्ने खुल्ने अधिकृतहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल