नयाँ बानेश्वर स्थित बागमती किनारमा एक युवकको शव फेला

Posted on: 11 Oct, 2023

असोज २४, काठमाडौँ | काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा एक युवकको शव फेला परेको छ । फेला परेको शव बुद्धनगर बस्ने २० वर्षीय विमल महराको रहेको प्रहरीले जानकारी दिएको छ । 

 घटनास्थलमा रगत र सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । 

उनी लागु औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!