इजरायलबाट नेपालीको शव तत्कालै सकिँदैन : परराष्ट्र मन्त्रालय

Posted on: 11 Oct, 2023

असोज २४, काठमाडौँ | इजरायलमा मारिएका नेपालीको शव तत्काल नआउने भएको छ । आक्रमणपछि मृत्यु भएका १० जना नेपालीको शव तत्काल ल्याउन नसकिने भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले शव तत्काल ल्याउन नसकिने बताएकी हुन् । 

‘शव तत्काल ल्याउन सकिदैन् । इजरायल सरकारको प्रोटोकल अनुसार अहिले नै आउँदैन । अहिले पनि युद्धकै अवस्था रहेकाले उहाँहरूले शव व्यवस्थापनका विषयमा केही सोच्नुभएको छैन । हामीले पहल गरिरहेका छौं । तर, तत्काल ल्याउन सकिँदैन्’ उनले भनिन् । 

पहिलो चरणमा विद्यार्थीहरूको उद्धार गरिने उनको भनाई छ । इजरायल सरकारले आफ्नो प्रकृया पुरा गरेर शव हस्तान्तरण गरेपछि मात्रै आउने बताइन् । 

‘तत्कालै ल्याउन सकिँदैन । मृतकका आफन्तहरूको शव ल्याउन ढिलाई हुँदा पीडा हुनु स्वभाविक हो । तर, इजरायलमा युद्धकै अवस्थामा रहेकाले तत्काल शव ल्याउन सकिदैन । सबैले त्यही अनुसार बुझिदिनुपर्यो’ उनले भनिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!