हमासको आक्रमणमा परी घाइते २ जना विद्यार्थी डिस्चार्ज

Posted on: 11 Oct, 2023

असोज २४, काठमाडौँ | हमासको आक्रमणमा परी घाइते भएका २ जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् । आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उपचाररत चार जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको बताइन् ।  अब २ जनाको मात्रै उपचार भइरहेको उनको भनाइ छ । 

घाइतेहरूको उपचारका लागि समेत नेपाल सरकार र इजरायल सरकार गम्भीर भएर लागिरहेको उनको भनाई छ । शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी ४ जना नेपाली विद्यार्थी घाइते भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!