चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला

Posted on: 12 Oct, 2023

असोज २५, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए।

उाले भने, “जुधेर गैँडा मरेको हो ।” चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!