कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको निर्णय

Posted on: 12 Oct, 2023

असोज २५, काठमाडौँ | सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको छ ।

आज बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।


कांग्रेसमा उद्धव थापालाई मुख्यमन्त्री बनाउने पक्षमा एकमत हुन नसक्ने परिस्थिति बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले देउवाले माओवादीलाई सरकारको नेतृत्व दिन तयार भएका हुन् । कोशी प्रदेशमा बहुमत पुग्न ४७ सीट आवश्यक पर्छ । कोशी प्रदेशमा सत्ता गठबन्धन दलमा रहेको नेपाली कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सीट छ ।

संविधानको धारा १६८ (३) अन्तरगत गठन भएको हिक्मत कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत पाउन नसक्ने देखिएपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तरगत सरकार गठनको भोलि साँझसम्मको लागि समय दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!