२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जगडोल गोली प्रकरण : खुट्टा र तिघ्रामा २ गोली, लुटेरा समूहबाट १ पेस्तोल र ७ राउण्ड गोली बरामद

२५ आश्विन २०८०, बिहीबार ०९:०७

असोज २५, काठमाडौँ | गोकर्णेश्वर नगरपालिका–३ जगडोलमा गोली प्रहार गरी प्रहरी टोलीले तीन जना लुटेरा समूहलाई नियन्त्रणमा लिएको छ। 

उनीहरुको साथबाट १ थान पेस्तोल र ७ राउण्ड गोली भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीले जनाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीका अनुसार प्रहरीलाई नै आक्रमण गर्न लागेपछि गोली प्रहार गरिएको हो।


२ वटा मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै गरेको प्रहरी टोलीलाई देख्नासाथ उक्त लुटेरा समूहले प्रहरी टोलीलाई आक्रमण गर्न लाग्दा प्रहरी टोलीद्वारा जवाफी कारवाही गरिएको उनले बताए।

प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका छन्। उनको दाहिने घुँडामुनि १  र तिघ्रामा १ गरी २ गोली लागेको छ। उनलाई नेशनल मेडिकल कलेज, जोरपाटी अत्तरखेलमा लगी उपचार गराइएको छ। 

उक्त समूहका सर्लाही घर भएका अन्दाजी ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोक घर भएका अन्दाजी ३० वर्षका जितेन लामालाई २ वटा मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड