इजरायल घटनामा गोली लागेर घाइते भएका धनबहादुर आइपुगे नेपाल

Posted on: 13 Oct, 2023

असोज २६, काठमाडौँ | हमास समूहले शनिबार दक्षिणी इजरायलमा गरेको आक्रमण १० जना नेपालीको मृत्यु भयो, चार जना घाइते भए । घाइते भएकामध्ये कैलालीका एक धनबहादुर चौधरी शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् । उनी नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । 

खुट्टामा गोली लागेका उनलाई स्थानीय अस्पतालले डिस्चार्ज गरिदिएपछि चार्टर विमानमार्फत फर्किएका हुन् । उनी अझै  हिँड्नसक्ने भने भइसकेका छैन । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले घटनामा बाँचेर फर्किएको बताए । 

यस्तै घाइतेमध्ये अर्का एक नेपाली पनि डिस्चार्ज भएका छन् भने अन्य दुई जनाको उपचार जारी रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!