२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लुटपाट आरोपमा दुई पूर्व प्रहरी पक्राउ

२६ आश्विन २०८०, शुक्रबार ०६:०५

असोज २६, विराटनगर | विराटनगरमा सोमबार दिउँसो भएको लुटपाटमा संलग्न आरोपमा प्रहरीले दुई जना पूर्व प्रहरीलाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–१२ रानीका रविकुमार साह सुडीलाई लुटपाट गरेको आरोपमा दुई जना पूर्व प्रहरी पक्राउ परेका हुन्।

विराटनगर–१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ खारजीका ३६ वर्षीय सुनील थापालाई लुटपाट आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।


असोज २२ गते सोमबार दिउँसो १२ बजेतिर साह मोटरसाइकलमा रानीबाट विराटनगरतर्फ आउँदै गर्दा लुटपाटमा परेका थिए। विराटनगर–११ रोडशेष चोकमा आइपुगेपछि रानीतिरबाट पछ्याउँदै आएको बा ६७ प २५०४ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए। उनका अनुसार तामाङ बुधबार दिउँसो र थापा बिहीबार बिहान पक्राउ परेका हुन्। दुवैजना विराटनगर–१ धनावत पुल नजिकबाट पक्राउ गरेका थिए।

प्रहरीका अनुसार बाटोमा रहेको सिसी क्यामेरामा समेत साहको मोटरसाइकलको पछाडि लुटपाटमा संलग्न भएका एक जना बसेको देखिन्छ। साहको नागरिकतासहित उनको साथमा रहेको नगदसहितको झोला, बैंकको चेकबुक, विभिन्न बैंकका तीनवटा एटिएम कार्ड, मोबाइल र मोटरसाइकलको ब्लुबुक लुटेर लगे।

साहको साथबाट कति नगद लुटपाट भएको भन्ने यकिन हुन बाँकी रहेको र अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए। लुटपाट भएको भनिएको रकममध्ये पाँच लाख ६५ हजार रूपैयाँका साथै साहको नागरिकता, पैसाको झोला, चेकबुक, एटिएम, ब्लुबुकसमेत तामाङको घरभित्रबाट प्रहरीले बरामद गरेको छ। थापाको घरबाट तीन लाख रूपैयाँ बरामद भएको हो।

लुटपाट गरिएको रकम दुवै जनाले बाँडफाँट गरेर लिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटनामा संलग्न भएकाहरू पूर्व प्रहरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे