सिंहदरबारबाट कृष्ण पहाडीसहित १६ जना पक्राउ

Posted on: 13 Oct, 2023

असोज २६, काठमाडौँ | सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकारवादीलाई प्रहरीले पक्राउ गरेको छ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । 

पक्राउ पर्नेमा २ महिला र १४ जना पुरुष छन् । विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुनुपर्ने माग राखेर उनीहरूले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका हुन् । पक्राउ परेकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!