२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिकोणात्मक श्रृंखलामा नेपाललाई स्पिन बलिङको चिन्ता- सन्दीप अनुपस्थित, ललित अनिश्चित

२०८०, २६ आश्विन शुक्रबार १०:०७

असोज २६, काठमाडौँ | सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएपछि आसन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई स्पिन बलिङको चिन्ता सुरु भएको छ । अदालतमा विचाराधीन मुद्दाको फैसलामा ढिलासुस्ती गरिएपछि असन्तुष्ट सन्दीपले बिहीबार मध्यरातमा सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका थिए ।

हालै चीनको होङ्झाउमा सम्पन्न १९ औं एसियाली खेलकुद-एसियाडमा सहभागी हुन पनि सन्दीपले आनाकानी गरेका थिए । नेपाल क्रिकेट संघका नवनिर्वाचित सचिव तथा पूर्वकप्तान पारस खड्काले सम्झाएपछि उनी चीन जान तयार भए । एसियाडपछि बिहीबारका लागि तोकिएको मुद्दाको पेशी पनि स्थगित गरिएपछि सन्दीपले एकतर्फी निर्णय लिएका छन् ।


नेपालले टी-२० विश्वकप छनोटको तयारीस्वरुप आगामी साता घरेलु मैदानमा हङकङ र यूएईलाई बोलाएर त्रिकोणात्मक श्रृंखला खेल्दैछ । नेपाली टोली तयारीका लागि यतिबेला राजस्थानमा रहेको छ ।

सन्दीपपछिका अर्का स्पीन बलर ललित राजवंशी यतिबेला नेपालमै छन् । एसियाड तयारीका क्रममा चोट लागेपछि उनी टीम बाहिर भएका थिए । उनले अप्रेसन नै गर्नु परेको थियो । उनी अझै बीएन्डबी अस्पतालमा रिह्याब गरिरहेका छन् । आसन्न टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि उपलब्ध हुने सम्भावना निकै कम देखिएको छ ।

‘यस किसिमको अप्रेसनमा कम्तीमा ४ देखि ६ हप्ता आराम गर्नुपर्छ । त्यसैले ललित सहभागी हुने सम्भावना न्यून छ’, क्यान स्रोतले भन्यो ।

नेपाली टोलीमा अहिले अलराउन्डर दीपेन्द्रसिंह ऐरी स्पिनर बलिङमा प्रभावकारी देखिएका छन् । उनीबाहेक कुशल मल्ल, रोहित पौडेल र कुशल भुर्तेलले पनि पार्टटाइम स्पिन फ्याक्न सक्छन् । तर, अनुभवी र विज्ञ स्पिनरको भने संकट परेको छ । जबकि नेपालको सबैभन्दा बलियो पक्ष नै स्पिन बलिङ मानिँदै आएको छ । सन्दीपले लामो समयदेखि स्पिन आक्रमणको नेतृत्व गरिरहेका थिए भने पछिल्लो समय ललितले पनि उनकै हाराहारीमा प्रदर्शन गरिरहेका छन् ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ललितले १२ खेलमा १० विकेट लिएका छन् भने उनको इकोनोमी ६.०२ रहेको छ । यस्तै सन्दीपले ४७ खेलमा ८९ विकेट हात पारेका छन् । उनको इकोनोमी ६.३६ रहेको छ । सन्दीप पछिल्लो समय भने राम्रो लयमा छैनन् । राष्ट्रिय टोलीबाट खेलेका पछिल्ला ५ खेलमा केवल ५ विकेट लिएका छन् । उनले एक खेलमा विकेट लिन सकेका थिएनन् भने तीन खेलमा एकएक विकेट लिएका थिए । एक खेलमा २ विकेट हात पारेका थिए । अदालतमा नटुंगिएको मुद्दाका कारण उनी मानसिक रुपमा विचलित बनिरहेका छन् ।

नेपालसँग राष्ट्रिय टीममा स्थान बनाउन सक्ने अन्य स्पिनरहरुमा सागर ढकाल (एसियाडमा पनि सहभागी), सूर्य तामाङ, श्याम ढकाल (मौसम), सागर ढकाल, सुसन भारीलगायत छन् । उनीहरुमध्ये सुसन अनुभवी हुन् । तर, उनको प्रदर्शनमा एकरुपता छैन । सूर्य, श्याम र सागरसँग अनुभवको कमी छ । नयाँ प्रतिभाको खोजी गर्ने हो भने अन्डर-१९ बाट दीपेश कँडेललाई तान्न सकिन्छ ।

आसन्न श्रृंखला टी-२० विश्वकप छनोटअघि तयारीको बलियो अवसर हो । हङकङ र यूएई नपालकै हाराहारीका टीम हुन् । विश्वकपको एसियाली छनोट पनि नेपालमै हुँदैछ । उक्त छनोटबाट फाइनल पुग्ने दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । ८ टोली सहभागी हुने एसियाली छनोट अक्टोबर ३० तारिखबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल