मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र प्राधिकरणले गर्‍यो निलम्बन

Posted on: 14 Oct, 2023

असोज २७, काठमाडौँ | मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि मनाङ एयरको एओसी नै निलम्बन गरेको हो ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि कम्पनीको एओसी निलम्बन गरेको जानकारी दिए । उनले भने, ‘अब कम्पनीको सम्पूर्ण हेलिकप्टरको अवस्था चेकजाँच हुन्छ । त्यसपछि प्रक्रिया पुरा नभएको वा त्रुटि भेटिएमा खारेजसम्म हुन्छ ।’

आज बिहान मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!