गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जयले ९ स्थानमा हत्या गरेको बयान दिए

Posted on: 14 Oct, 2023

असोज २७, काठमाडौँ | गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीले आफूले तीनकुनेको गैरीगाउँ बाहेक अन्य नौ स्थानमा हत्या गरेको बयान दिएका छन् । साङ्केतिक भाषाका विज्ञको सहयोगमा प्रहरीले लिएको बयानमा भण्डारीले गैरीगाउँबाहेक पनि अन्यत्र ९ स्थानमा मान्छे मारेको बयान दिएका हुन् । 

प्रहरीसमक्ष दिएको बयानमा भण्डारीले आफूले यसभन्दा अगाडि पनि रातोपुल, धुम्बराही, भत्केको पुल, भाटभटेनी लगायतका स्थानमा मानिसहरूको हत्या गरेको बयान दिएका छन् । यद्यपि प्रहरीले त्यस सम्बन्धमा थप तथ्य फेला पार्न नसकेपछि तत्कालका लागि गैरीगाउँ हत्याकाण्डमा मात्रै भण्डारीलाई अभियुक्त बनाएको छ । 

भण्डारीले आफूमाथि सामाजिक बहिष्कार हुने गरेकाले आफू निर्दयी बनेको र कसैप्रति माया ममता नरहेको बयान दिएका छन् । आफ्नो आत्मसम्मानमा चोट पुगेपछि आफू बदला लिन लागिपर्ने र एकपटक देखेको वा चिनेको व्यक्तिलाई पछिसम्म पहिचान गर्न सक्ने क्षमता रहेको बयान दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!