अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

Posted on: 15 Oct, 2023

एजेन्सी | अफगानिस्तानमा आइतबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । गत साता पनि अफगानिस्तानमा शक्तिशाली भूकम्पका कारण दुई हजार ५०० भन्दा बढी नागरिकको मृत्यु भएको थियो ।


आइतबार उत्तरी अफगानिस्तानको हेरात शहरमा स्थानीय समयअनुसार बिहान ८ बजेर ६ मिनेटको समयमा ६.३ तीब्रताको भूकम्प आएको जनाइएको छ ।

पछिल्लो भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने आइसकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!