२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटसँग जर्सी उपहार लिएको भन्दै पाकिस्तानमा बाबर आलोचित

२०८०, २८ आश्विन आईतवार ०९:२२

असोज २८, काठमाडौँ | पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजम लामो समयदेखि एक दिवसीय क्रिकेटको नम्बर एक वरियतामा छन् । तर, भारतमा जारी विश्वकपमा बाबरको ब्याट खासै खुलेर बोल्न सकिरहेको छैन ।


भारतविरुद्ध हिजो भएको समूह चरणको खेलमा पाकिस्तानले शर्मनाक हार व्यहोर्‍यो । बाबरले अर्धशतक बनाए पनि म्याच विनिङ पारी खेल्न सकेनन् । पाकिस्तानले दिएको १९१ रनको झिनो लक्ष्य भारतले ७ विकेट बाँकी हुँदै पूरा गरेको थियो ।हारको चोटले रन्थनिइरहेका पाकिस्तानी समर्थकहरु बाबरको एउटा गेस्चरले थप मर्माहत बनेका छन् । खेल सकिएपछि बाबर र विराटको एउटा फुटेज बाहिर आएको छ, जसमा बाबरले विराटको हातबाट भारतको जर्सी लिइरहेको देखिन्छ । भारतीय मिडियाले बाबरले विराटको अटोग्राफसहितको जर्सी उपहार मागेको भनेर प्रचार गरिरहेका छन् ।

पाकिस्तानीहरु बाबरलाई विराटका प्रतिस्पर्धी ब्याट्सम्यानका रुपमा सोच्छन् । एक दिवसीय वरियतामा नम्बर १ बाबरले विराटको हातबाट फ्यान व्वाइ जसरी जर्सी उपहार लिइरहेको दृश्य पचाउन सकिरहेका छैनन् ।

पाकिस्तानी च्यानल ए स्पोर्ट्समा जारी बहसका क्रममा एक फ्यानले प्यानल अफ एक्सपर्टसमक्ष यो विषय उठाएका थिए । यस्तो खाले ‘गेस्चर’ आमदर्शकको अगाडि देखाउनुको साटो ड्रेसिङ रुममा गरेको भए उचित हुने उनको तर्क थियो । एक्सपर्ट प्यानलमा रहेका पाकिस्तानी लिजेन्ड वसिम अक्रमले पनि यसमा सहमति जनाए ।

‘मैले पनि यो तस्वीर देखेपछि ठ्याक्कै यही भनेको थिएँ’, अक्रमले भने, ‘यो आज गर्ने काम होइन । यदि यस्तो गर्नु नै थियो भने, यदि तिम्रो चाचाको छोराले कोहलीको जर्सी चाहियो भनेको थियो भने म्याचपछि ड्रेसिङ रुममा मागेको भए हुन्थ्यो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल