सेमिफाइनलका लागि साउदीसँग नेपालको निर्णायक खेल

Posted on: 16 Oct, 2023

असोज २९, काठमाडौँ | नेपालले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनल पुग्न साउदी अरेबियासँग निर्णायक खेल खेल्नुपर्ने भएको छ।

नेपालले मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार बहराइनलाई ७ विकेटले पराजित गरेको छ। नेपाल लगातार दोस्रो जित हात पार्दै सेमिफाइनल नजिक पुगेको हो।

समूह ‘ए’ मा नेपाल र साउदी अरेबियाको समान ४ अंक छ। साउदी अरेबियाले दिनको अर्को खेलमा इरानलाई ४ विकेटले पराजित गर्‍यो। नेपाल र साउदी अरेबियाबीच बिहीबार लिग चरणको अन्तिम खेल हुनेछ र विजेता टोली सेमिफाइनल पुग्नेछ। कप्तान देव खनालको शतकमा नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले पराजित गरेको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!