२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विदेशबाट फर्किएर पशुपालनमा लागे, अहिले कमाउँछन् महिनामै २ लाख

२०८०, २९ आश्विन सोमबार ०९:३७

असोज २९, घोराही | घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी हो।

रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताएका ४५ वर्षीया केसी २०७१ सालमा वैदेशिक रोजगारबाट फर्किएर पशुपालनमा व्यवसायमा लागेका थिए।

अहिले उनको फार्ममा १८ वटा भैंसी र तिनका पाडापाडी छन्। फार्मको नाम मालती बहुउद्देश्यीय पशु तथा कृषि फार्म राखेका छन्।


उनको फार्ममा १८ वटा भैंसी र तिनका पाडापाडी छन्। केही दूध डेरी पसल र होटलमा दिन्छन् भने बाँकी घरघर लगेर बिक्री गर्छन्।

‘मलेसियामा तीन वर्ष काम गरें, त्यहाँबाट फर्केपछि कामको खोजीमा भारत पुगे। तर त्यहाँ पनि भने जस्तो काम पाउन सकिनं, त्यसपछि घरमै पशुपालन गर्ने योजना बनाएँ,’ उनले भने।

उनका अनुसार पशुपालनबाट अहिले  उनी मासिक दुई लाख आम्दानी गरिरहेका छन्।

उनी आफ्नो फार्ममा उत्पादित ३० लिटरसँगै गाउँका अन्य किसानहरूले उत्पादन गरेको दूध संकलन गरी बिक्री गर्छन्।

विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा आम्दानी गर्न गाह्रो नहुने उनको बुझाइ छ।

‘विदेशमा १८ घण्टा काम गर्छौँ र कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौं तर कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौं,’ केसीले भने।

उनले हाल अहिले स्थानीयलाई रोजगारी पनि दिएका छन्।

‘हरेक दिन बिहान ३ बजे उठेर भैंसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, र बिहान साढे नौ बजेसम्म दूध बेचिसक्छु,’ उनले भने, ‘घरबाट निस्कनु अघि भैंसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र उनीहरुका लागि आहारा तयार पारिसक्छु।’

केसीले पशुका लागि घाँस पनि आफैं लगाएका छन् भने भने पराल र भुस पनि आफ्नै जग्गामा उत्पादन गर्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल