इजरायलबाट थप १८ नेपाली आइपुगे भारत, नेपालसम्म आउन गाडीको व्यवस्था

Posted on: 18 Oct, 2023


कात्तिक १, काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुलाई भारत सरकारले उद्धार गरि नयाँ दिल्ली ल्याएको छ । भारत सरकारले ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुलाई पनि उद्धार गरि भारत ल्याएको हो ।

सामाजिक सन्जालमार्फत भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी दिए । भारतले उद्दार गरि ल्याएका नेपालीहरुलाई राजदूत शर्माले नयाँदिल्लीमा स्वागत गरेका थिए । राजदुत शर्माले उद्दार गरि ल्याइएका उनीहरुलाई घरसम्म जान गाडीको व्यवस्था गरिएको जानकारी दिएका छन् ।

यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज इजरायलको तेलअविव पठाएर २५४ नेपालीहरुको उद्धार गरेको थियो । नेपालीहरुको उद्दार गरि ल्याएकोप्रति राजदुत शर्माले भारत सरकारप्रति आभार प्रकट गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!