फिफा विश्वकप : लाओसविरुद्ध नेपालको जित, एसिया छनोटको दोस्रो चरणमा प्रवेश

Posted on: 18 Oct, 2023

कार्तिक १, काठमाडौँ | फिफा विश्वकप छनोट अन्तर्गतको प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध जित निकालेको छ। 

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा १–० गोलले लाओस नेपालविरुद्ध पराजित भएको हो।

यो सँगै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपालका लागि ५३ औं मिनेटमा मनिष डाँगीले गोल गरे। उनले अञ्जन विष्टको पासमा गोल गरेका हुन्।

यो खेलमा जित निकालेसँगै नेपालले समूह एचमा स्थानमा बनाएको छ। समूह एचमा युएइ, बहराइन छन्।

उनीहरू रहेको समूहमा पहिलो चरणको यमन र श्रीलंकाबिचको विजेता रहनेछन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!