करणले लिए यूएईको दोस्रो विकेट

Posted on: 18 Oct, 2023

कार्तिक १, काठमाडौँ | काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को दोस्रो विकेट लिएको छ । यूएईको दोस्रो विकेट करण केसीले लिएका हुन् ।

उनले यूएईका एलिसन सराफुलाई ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । करणले उनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन् । यूएईले दोस्रो विकेट ३.१ ओभरमा गुमाएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!