त्रिकोणात्मक सिरिज: नेपालले दोस्रो विकेट गुमायो, कुशल मल्ल आउट

Posted on: 18 Oct, 2023

कार्तिक १, काठमाडौँ | आजदेखि काठमाडौंमा सुरु भएको त्रिदेशीय त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत यूएई र नेपालबीच जारी पहिलो खेलमा नेपालले दुई विकेट गुमाएको छ। 

नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। दोस्रो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो। भुर्तेलले व्यक्तिगत १४ रन बनाएर आउट भए। १४ बलको सामना गरेका उनले एक चौकासहित १४ रन नै बनाएका हुन्।

९ बलको सामना गरेका मल्लले ११ रन जोडेर रन आउट भएका हुन्।  

टस जित्दै फिल्डिङ रोजेको नेपाललाई यूएईले १४१ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको छ। 

यतिबेला नेपालले ८ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ४८ रन बनाएर खेलिरहेको छ। क्रिजमा अहिले कप्तान रोहित पौडेल र आशिफ शेख रहेका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!