२३ रन बनाएर आउट भए आसिफ शेख

Posted on: 18 Oct, 2023

कार्तिक १, काठमाडौँ | काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले लिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । 


नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेख २३ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले आउट हुनुअघि २७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनको विकेट अली नासिरले लिएका हुन् । उनी आउट हुँदा नेपालले ८.५ ओभरमा ५१ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!