भारतले खोल्यो नेपालसहित ७ देशमाथिको चामल निर्यात प्रतिबन्ध

Posted on: 18 Oct, 2023

कार्तिक १, काठमाडौँ | भारत सरकारले विश्वका ७ देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै नेपालसहित ७ मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो ।

यससँगै नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ । यसबाहेक, क्यामरुनले १ लाख ९० हजार मेट्रिक टन, मलेसियालाई १ लाख ७० हजार मेट्रिक टन, फिलिपिन्सलाई २ लाख ९५ हजार चामल निर्यात हुनेछ । त्यस्तै कोटे डी’ओइभोर, रिपब्लिक अफ गिनी र सिसेल्समा पनि निर्यात खुलेको छ ।


यसअघि, भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । जसबाट, नेपाल लगायत विश्वका अधिकांश देश प्रभावित बनेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!