होटलमा छापा मार्दा चितुवाको छाला र ६ किलो चरेश फेला, प्रहरी हवल्दारसहित ३ जना पक्राउ

Posted on: 19 Oct, 2023
कार्तिक २,  धनगढी | कैलालीको धनगढी उप–महानगरपालिका–४ स्थित जुमेरा होटलबाट प्रहरीले चितुवाको छाला र चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुरा घर भएका कृष्ण रोकाया र हेमराज जोशी छन् ।
आरोपितहरुको साथबाट १ फिट १० इन्च लामो चितुवाको छाला र ६ किलो ७४० ग्राम लागुऔषध चरेश बरामद गरिएको जिप्रका कैलालीका प्रवक्ता (डिएसपी) कुलदिप चन्दले बताए । आरोपितहरुले चरेश प्रतिकेजी ५० हजार र चितुवाको छाला प्रतिफट ५० हजारको दरले बेच्नका लागी ‘डिल’ गरेका थिए ।
किनबेच भइरहेको सूचना पाएपछि होटलमा छापा मारेर पक्राउ गरिएको डिएसपी चन्दले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!