२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

११ महिनाको कैद सजाय पाएका विक कैद मिनाहापछि ७ महिनामै छुटे, प्रेमिकाले बिहे प्रस्ताव गर्दा गला रेटे

२०८०, २ कार्तिक बिहीबार ०९:२०

कार्तिक २, काठमाडौँ | रुकुम पश्चिमको खलंगास्थित सत्कार होटलको कोठा नम्बर १ मा २९ असोजमा एक युवतीको शव फेला पर्‍यो । शंकास्पद अवस्थामा भेटिएको शवको  पहिचान प्रहरीले मुसीकोट नगरपालिका–७ साँखाकी २८ वर्षीया भावना विकको रुपमा गर्‍यो । भावना मुसीकोट नगरपालिका–१, छिङस्थित माइती घरमा बस्दै आएकी थिइन् । 

भावनाको गला रेटिएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका लागि नेपालगन्जस्थित केनाई शाखाबाट तालिम प्राप्त कुकुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा खटियो ।

प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८ सय ३५ रुपैयाँ र  मोबाइल फोन बरामद गरेर अनुसन्धान थाल्यो । घटनास्थलबाट बरामद भएको मोवाइलको जब प्रहरीले कल डिटेल निकाल्यो तब प्रहरीले अचम्मको तथ्य फेला पार्‍यो ।


उक्त कल डिटेलमा २५ दिनको अवधिमा भावना र एक युवकसँग एक सय २४ पटक सम्पर्क भएको तथ्य प्रहरीले पत्ता लगायो । कल डिटेलका आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरी भावनासँग फोन सम्पर्कमा रहेका सानीभेरी नगरपालिका–९, का लोकेन्द्र भनिने लोकबहादुर विकको खोजीमा जुट्यो । 

प्रहरी अभियुक्त विकलाई खलंगास्थित आफ्नै कोठाबाट पक्राउ गर्न सफल भयो । पक्राउ परेका विकमाथि प्रहरीले अनुसन्धान अगाडि बढायो । प्रहरी अनुसन्धानमा विकले भावनाको घाटी रेटेर हत्या गरेको स्वीकारेपछि प्रहरीले बुधबार विकलाई सार्वजनिक गरेको छ ।  

विक ती व्यक्ति हुन् जसलाई गत असोज ३ गते संविधान दिवसका अवसरमा चालचलन राम्रो भएको भन्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरिदिएका थिए । विक कारागार मुक्त भएयता २५ दिनको अवधिमा एक सय २४ पटक बारम्बार भावनासँग फोन सम्पर्कमा जोडिएका थिए भने, कारागारमा रहेको अवस्थामा भावनाले दुईपटक विकलाई भेट्न गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

विकलाई अदालतले बहुविवाहको मुद्दामा दोषी ठहर गर्दै ११ महिनाको कैद सजाय सुनाएको थियो । तर, विक कारागार चलान भएको सात महिना नबित्दै संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद सजाय मिनाहा भएपछि रिहा भएका थिए । कैद मिनाहा पाएको महिना दिन नबित्दै भावनाको हत्या गरिदिएका छन् । 

विकले कारगारबाट रिहाइ भएको २६ दिनमै अनैतिक सम्बन्धमा रहेकी प्रेमिका भावनाको हत्या गरेको प्रहरीको भनाइ छ  । राष्ट्रपति रामचन्द्र पौडेलले लोकेन्द्रसँगै संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीबन्दीको कैद कट्टा गरी सजाय मिनाहा गरेका थिए । 

भावना र लोकेन्द्र दुवै विवाहित हुन् । मृतक भावनाका श्रीमान् र हत्या आरोपी लोकेन्द्रकी श्रीमती वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । लोकेन्द्रकी कान्छी श्रीमती विवाहलगत्तै विदेश हिँडेकी थिइन् ।

लोकेन्द्रले उनीहरुबीच अनैतिक प्रेम सम्बन्ध रहेको र भावनाको बिहे गर्ने प्रस्तावले विवाद बढेपछि घाटी रेटेर हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईले जानकारी दिए ।

‘महिलाले बिहे गरौंभन्दा विवाद बढेपछि आवेशमा आएर आफूसँगै रहेको छुरी हानेर हत्या गरेको उसले स्वीकारेको छ,’ डीएसपी भट्टराईले भने, ‘हामीले होटलको कोठामा सिरकले छोपेर राखेको अवस्थामा शव फेला परेका थियौं, यसमा आर्थिक लेनदेन पनि जोडिएको देखिएको छ ।’

डीएसीपी भट्टराईका अनुसार २८ असोजमा भावना र लोकेन्द्रले त्रिवेणी गाउँपालिका ठेगाना उल्लेख गराई विकास केसीका नाममा खलंगास्थित सत्कार होटलको कोठा नम्बर १ बुक गराएका थिए । दुवै जना २९ गते विहानबाट होटलको सम्पर्क नरहेको तथा ३० गते बाहिरबाट ढोका बन्द गरेको देखेपछि शंका लागेर होटल सञ्चालकले प्रहरीलाई खबर गरेको भट्टराई बताउँछन् । 

मृतक भावना र लोकेन्द्रबीच ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट चिनाजान भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । स्थानीय तहको निर्वाचनमा भावना म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिकाको मतदान केन्द्रमा खटिएकी थिइन् । 

पालिकाको ९ नम्बरमा रहेको सिम्लीमा हत्या आरोपी लोकबहादुरको होटलमा म्यादी प्रहरीहरुले खाना खाने गरेका थिए । सोही समयदेखि भावना र लोकेन्द्रको सम्बन्ध जोडिन पुगेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल