४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निराहार रहेर छातीमा दशैँको जमरा उमार्दै पाथीभराका मूल पुजारी

२ कार्तिक २०८०, बिहीबार ०९:३५

कार्तिक २, झापा | झापाको गौरीगञ्ज गाउँपालिका वडा नं २ वीरपुरस्थित ठूली पाथीभरा मन्दिरका मूल पुजारी  प्रह्लाद सापकोटा निराहार व्रत बसी आफ्नो छातीमा दशैँको जमरा उमार्दैछ्न्  ।

उक्त अवसरमा  मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र सापकोटाको छातीमा उम्रिएको जमरा हेर्न अहिले भक्तजनहरुको घुइँचो लाग्न थालेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

असोज २८ गते बिहान पूजापाठ गरेर मन्दिरका मूल पुजारी सापकोटा मन्दिर परिसरमा दशैँको लागि आफ्नो छातीमा जमरा उमार्नकै लागि  सुतेका छन्  ।


जमरा राख्नुभन्दा दुई दिन अघिदेखि पानी र अन्नसमेत नखाइ सापकोटा निराहार व्रतमा रहेको र आफूलाई पाथिभरा माताले उक्त जमरा उमार्न लगाएको उनको भनाइ रहेको स्थानीयले बताए । 

 निराहार ब्रत बसी यसरी जमरा उमार्दा आफूलाई कुनै शारीरिक कष्ट नभएको सापकोटाले बताए । साथै उनले आफूलाई पाथीभरा भगवतीको भक्त ‘माता गुरु’ बताउँदै आएका छन् । 

अघिल्ला वर्षहरुमा फलाहार खाएर यसरी नै आफ्नो छातीमा जमरा उमार्ने गरेका सापकोटा यसपटक भने निराहार व्रत बसेर जमारा उमार्ने कठोर कार्यमा लागेका हुन् । 

उनले  महानवमीका दिन एक लाख दीप प्रज्ज्वलन गराइ आफ्नो व्रत समापन गर्ने जनाएका छ्न् ।

 दशैँको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको जमरालाई प्रसादका रुपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ