२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निराहार रहेर छातीमा दशैँको जमरा उमार्दै पाथीभराका मूल पुजारी

२ कार्तिक २०८०, बिहीबार ०९:३५

कार्तिक २, झापा | झापाको गौरीगञ्ज गाउँपालिका वडा नं २ वीरपुरस्थित ठूली पाथीभरा मन्दिरका मूल पुजारी  प्रह्लाद सापकोटा निराहार व्रत बसी आफ्नो छातीमा दशैँको जमरा उमार्दैछ्न्  ।

उक्त अवसरमा  मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र सापकोटाको छातीमा उम्रिएको जमरा हेर्न अहिले भक्तजनहरुको घुइँचो लाग्न थालेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

असोज २८ गते बिहान पूजापाठ गरेर मन्दिरका मूल पुजारी सापकोटा मन्दिर परिसरमा दशैँको लागि आफ्नो छातीमा जमरा उमार्नकै लागि  सुतेका छन्  ।


जमरा राख्नुभन्दा दुई दिन अघिदेखि पानी र अन्नसमेत नखाइ सापकोटा निराहार व्रतमा रहेको र आफूलाई पाथिभरा माताले उक्त जमरा उमार्न लगाएको उनको भनाइ रहेको स्थानीयले बताए । 

 निराहार ब्रत बसी यसरी जमरा उमार्दा आफूलाई कुनै शारीरिक कष्ट नभएको सापकोटाले बताए । साथै उनले आफूलाई पाथीभरा भगवतीको भक्त ‘माता गुरु’ बताउँदै आएका छन् । 

अघिल्ला वर्षहरुमा फलाहार खाएर यसरी नै आफ्नो छातीमा जमरा उमार्ने गरेका सापकोटा यसपटक भने निराहार व्रत बसेर जमारा उमार्ने कठोर कार्यमा लागेका हुन् । 

उनले  महानवमीका दिन एक लाख दीप प्रज्ज्वलन गराइ आफ्नो व्रत समापन गर्ने जनाएका छ्न् ।

 दशैँको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको जमरालाई प्रसादका रुपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार